• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

पाँचपोखरी थाङपालद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्डकाे उपाधि भोताङदेवीलाई

पाँचपोखरी थाङपालद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्डकाे उपाधि भोताङदेवीलाई

सिन्धुपाल्चाेक । पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि भोताङदेवी माध्यमिक विद्यालय भोताङले उचालेको छ । भोताङदेवीले ६ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल १० पदक जित्दै प्रथम स्थान हासिल गरेको हो । यो उपाधि ऐतिहासिक र खुशीको क्षण भएको प्रधानाध्यापक सन्तोष अधिकारीले बताउनुभयो ।

भोटेनाम्लाङ माध्यमिक विद्यालयले ४ स्वर्ण, ८ रजत र ४ कास्यसहित कुल १६ पदक जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ भने थाङपाल भ्याली माध्यमिक विद्यालयले ४ स्वर्ण, २ रजत र ७ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको गाउँपालिका खेलकुद विकास समिति संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगिता थाङपालधाप माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो । प्रतियोगिताको समापन गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यतामा भएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयस्तरमै प्रतिभा पहिचान गर्न सहयोग पुगेको उल्लेख गर्दै आगामी दिनमा गाउँपालिकाले खेलकुद क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी सभाध्यक्ष एवम वडा नम्बर ५ का अध्यक्ष काले गोलेले विद्यालयस्तरीय खेलकुद कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले खेलकुदलाई पाठ्यक्रमसँगै जोडेर लैजानुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थीहरूलाई अध्ययनसँगै खेलकुदमा पनि सक्रिय हुन आग्रह गर्नुभयो ।

समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, वडा अध्यक्षहरु, अन्य जनप्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थीलगायतको उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २८, सोमबार १५:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP