• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

टी–२० शृङ्खला: वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जीत

टी–२० शृङ्खला: वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जीत

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो ।

नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नौ विकेट गुमाएर एक सय २९ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका नवीन बिदाईसीले २२, फेबियन एलेन र अमिर जांगुले समान १९ रन बनाए ।

नेपालका कुशल भुर्तेलले दुई तथा दीपेन्द्रसिंह ऐरी, करन केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले समान एक एक विकेट लिए ।

त्यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा टस हारेर ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाएर एक सय ४८ रन बनाएकाे थियाे । नेपालका कप्तान रोहितकुमार पौडेलले ३८, कुशल मल्लले ३० र गुलशनकुमार झाले २२ रन बनाए ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेलेको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो । नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको थिएन ।

यो जीतसँगै नेपालले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ। शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो खेल पर्सि मङ्गलबार हुनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १२, आईतवार ०१:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP