• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

साफ १७ वर्षमुनिको च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा प्रवेश

साफ १७ वर्षमुनिको च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ । नेपाल साफ १७ वर्षमुनिको च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार राति भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले घरेलु टोली श्रीलङ्कालाई ४–० गोल अन्तरले पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो।

दुई खेलमा विजयी भएको बङ्गलादेश समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ। समूह चरणको खेलमा बङ्गलादेशले नेपाललाई पनि ४–० गोलले हराएको थियो ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा जारी प्रतियोगिता आउँदो असोज ११ गतेसम्म चल्नेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ६, सोमबार ०२:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP