• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सिन्धुपाल्चाेक जिल्लास्तरीय भलिबल प्रतियोगिता–२०८२ आजबाट सुरु

सिन्धुपाल्चाेक जिल्लास्तरीय भलिबल प्रतियोगिता–२०८२ आजबाट सुरु

सिन्धुपाल्चाेक । जिल्लास्तरीय भलिबल प्रतियोगिता–२०८२ आजबाट सुरु भएको छ । वडा खेलमैदान दुवाचौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नमुना युवा क्लब छापले विजय सुरुवात गरेको छ।

उत्कृष्ट प्रदर्शन गरेको आयोजकले योङ स्टार क्लब, दुवाचौर लाई २–१ को सेटमा पराजित गरेको हो ।

आज भएका अन्य खेलहरूमा थाक्ले युवा क्लबले इन्द्रावती गाउँपालिकालाई, सेलले युवा क्लबले आयोजकको ए टोलीलाई र त्रिशक्ति युवा क्लब मेलम्ची ९ ले वनकाली युवा क्लब जुगललाई सोझो सेटले पराजित गरेको खेल संयोजक कविन तामाङले जानकारी दिनुभयो ।

नमुना युवा क्लबको आयोजना तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिता चैत्र १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा जिल्लाभित्रका आठ टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा विजेता टोलीले १ लाख रुपैयाँ, दोस्रो हुने टोलीले ६० हजार, तेस्रो हुने टोलीले ३५ हजार र चौथो स्थान हासिल गर्ने टोलीले १५ हजार रुपैयाँ, साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १६, सोमबार १५:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP