सिन्धुपाल्चाेक । पाँचपोखरी थाङपाल गाउँपालिका स्तरिय छैटाैँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट शुरू भएको छ ।
श्री थाङपाल्धाप माविको प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष टासी लामाले गर्नुभएको थियो ।
प्रतियोगितामा पालिकाका १० माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष लामाले खेलकुदले नाम, सामाजिक प्रतिष्ठा र स्वस्थ रहन सहयोग पुग्ने बताउनुभयो ।
सामाजिक विकाश शाखा संयोजक काले गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, पालिका प्रवक्ता एवम् वडा नं ६ का अध्यक्ष नारायण भट्टराई , वडा अध्यक्षहरु सुके तामाङ, बाबुलाल स्याङबो, बिष्णुबहादुर खडका लगायतको उपस्तिथी रहेको थियो । आज पहिलो दिन विभिन्न खेल सम्पन्न भएका छन् ।

प्रतिक्रिया