सिन्धुपाल्चोक । प्रथम सरोज स्मृती कप पुरुष भलिबल प्रतियोगिता २०८२ को फाइनलमा मेलम्ची नगरपालिका र जुगल गाउँपालिका भिड्ने भएका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा हेलम्बु गाउँपलिकाविरुद्ध २५-१९ र २५-२० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।
त्यस्तै दोश्रो सेमिफाइनलको खेलमा बलेफी गाउँपालिकाविरुद्ध २५-२३ र २५-१४ को जित निकाल्दै जुगल गाउँपालिका फाइनल प्रवेश गरेको छ । भोलि हुने फाइनल खेलमा उपाधिका लागि दुई टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
त्यस्तै आजै भएकाे तेश्रो स्थानको खेलमा हेलम्बु गाउँपालिकालाई पराजित गर्दै बलेफी गाउँपालिका तेस्रो भएको छ । पहिलो सेमिफाइनल खेलमा मेलम्चीका जर्सी नम्बर ३ का खेलाडी सुदिप तामाङ घोषित हुनुभएको छ भने दोश्रो सेमिफाइनल खेलमा जुगल गाउँपालिकाको जर्सी नम्बर ६ का अमृत रावत घोषित भएका छन् ।
फाइनल खेल भोलि हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले १ लाख, दोश्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतिक्रिया