काठमाडौं । नेपालले पाँच खेलको टी–२० सिरिजको उपाधि जितेको छ। मलेसियालाई घरेलु मैदानमा ५ विकेटले हराउँदै नेपालले उपाधि जितेको हाे।
फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा भेट्टाएको हो । यससँगै नेपालले सिरिज ३–२ ले उचालेको हो ।
आजकाे खेलमा नेपालको जीतमा पूजा महतो र रुबि पोदारले उत्कृष्ट ब्याटिङ गरे। महतोले २४ बलको सामना गरेर २३ रन बनाइन् भने रुबि पोदार २४ बलको सामना गर्दै २६ रन बनाइन् ।
घरेलु मैदान वायुमास ओभलमा बुधबार बिहान टस जितेर शुरुमा ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १०३ रन बनाएको हो। विन्डर डानियाले ४० रन बनाउँदा माहिरा इज्जाइले १९ रन बनाइन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि राजमती ऐरीले तीन विकेट हात पारिन् भने कविता कुँवरले दुई विकेट लिइन् । ऐरीले तीन ओभर बलिङ गर्दै १५ रन खर्चिएर तीन विकेट लिएकी हुन् । कुँवरले चार ओभर बलिङ गर्दा १६ रन दिएर दुई विकेट हात पारेकी हुन् ।
प्रतिक्रिया