• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

बनेपा नगरस्तरीय प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिता आजदेखि शुरु

बनेपा नगरस्तरीय प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिता आजदेखि शुरु

बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको नाइटिङ्गेल एकेडेमीको आयोजना र बनेपा प्याब्सनको सहकार्यमा बनेपा नगरस्तरीय प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिता आजदेखि शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन आज प्याब्सन काभ्रेका अध्यक्ष श्यामकुमार भुजेलले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उहाँले विद्यार्थी खेलाडीहरुलाई आत्मविश्वासका साथ खेलको अनुशासनमा रहेर खेल खेल्न अनुरोध गर्नुभयो । फुटसल एउटा खेल मात्र नभइ विद्यार्थीको अनुशासन बृद्धि गर्ने माध्ययम भएकाले यसले उनीहरुको शारिरीक तथा मानसिक क्षमताको विकास गर्न सहयोग गर्ने उहाँले बताउनुभयो ।

खेल भनेको भविष्यको लगानी भएको र आजको विद्यार्थी भोलिको असल खेलाडी पनि भएको बताउँदै अध्यक्ष भुजेलले पढाईसँगै खेललाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्ट हुनुहुन्थ्यो । उद्घाटन समारोहमा उपस्थित सबैलाई विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले स्वागत गर्दै विद्यार्थीका लागि फुटसल निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

विद्यालयका अध्यक्ष रत्नकुश रञ्जितले असल अनुशासनमा रहेर खेल खेल्न विद्यार्थीहरुलाई अनुरोध गर्दै खेलमा हार जित जे भए पनि सहभागिता ठूलो कुरा भएको बताउनुभयो । उहाँले एक पटक हार्दैमा निराश नबन्न आग्रह गर्दै नाइटिङ्गेल एकेडेमीमा हुने जुनसुकै खेल कार्यक्रममा बनेपा नगरका जो सुकै विद्यार्थी निःशुल्क सहभागि हुने गरि आफूले तयारी थालेको जानकारी दिनुभयो ।

प्रतियोगिता शुक्रबार समापन हुनेछ । प्रतियोगितामा नगरका १७ विद्यालयका १८ टिम सहभागी रहेको कार्यक्रम संयोजक विक्रम प्रजापतिले जानकारी दिनुभयो ।

तस्बीरहरुः ज्ञानमणि नेपाल कालाेटाेपी 



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १४, बिहीबार ०९:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP