• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

आईसीसी टी-२० विश्वकप छनोट तयारी : आज कतार र नेपाल प्रतिस्पर्धा गर्दै

आईसीसी टी-२० विश्वकप छनोट तयारी : आज कतार र नेपाल प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४:१५ बजे शुरु हुनेछ। विश्वकपको छनोट अघि नेपाल क्रिकेट संघ (क्यान)ले दुई वटा अभ्यास खेलमा सहभागी गराएको हो।

विश्वकप छनोट अघि अभ्यास खेलमा व्यस्त नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो।

यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २०, सोमबार ०१:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP