• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

बनेपाको नाइटिङ्गेल एकेडेमीमा किड्स स्पोटर्स फेस्टिभल–२०८२ सम्पन्न

बनेपाको नाइटिङ्गेल एकेडेमीमा किड्स स्पोटर्स फेस्टिभल–२०८२ सम्पन्न

  • ज्ञानमणि नेपाल कालाेटाेपी

बनेपा । काभ्रेको बनेपास्थित जनागालमा रहेको नाइटिङ्गेल एकेडेमी माविमा शनिबार किड्स स्पोटर्स फेस्टिभल–२०८२ सम्पन्न भएको छ ।

प्रमुख अतिथी आर्मी हेडक्वाटरका जर्नल राजन अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा अधिकारीले मानव जीवनमा खेलकुदको महत्व ठूलो रहेको बताउँदै सुरक्षित, अनुशासित र मिहेनती भई खेल खेल्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । उहाँले कार्यक्रममा विद्यार्थीहरुको प्रस्तुती निकै रमाइलो लागेको बताउँदै यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि संचालन गरि निरन्तरताको लागि विद्यालयलाई अनुरोध गर्नुभयो । जर्नल अधिकारीले अभिभावक र विद्यार्थीहरुबीचको खेललाई निकै अभिरुचीपूर्वक अवलोकन गर्नुभएको थियो ।

कार्यक्रमका विशेष अतिथी बनेपा नगरपालिका वडानम्बर १० का वडाध्यक्ष चन्द्रबहादुर खड्काले खेलकुदको महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत रहेकाले विद्यार्थीहरुलाई पढाईसँगै खेल अनुशासित भएर खेल्न अनुरोध गर्नुभयो । उहाँले आफ्नो वडामा भएका विद्यालय मध्ये नाइटिङ्गेल एक अब्बल विद्यालय भएकाले आगामी दिनमा पनि थप प्रगति गर्दै अघि बढ्न सुझाव दिनुभयो । उहाँले विद्यालयले अभिभावकको मन जित्न सकोस् भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथी बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले आफूले अध्ययन गरेको नाइटिङ्गेल विद्यालयका विगतहरु स्मरण गर्दै अहिलेको अवस्थामा आइपुगेको विद्यालयले धेरै प्रगति गरेको बताउनुभयो । उहाँले विद्यालयको भविष्य राम्रो रहेको उल्लेख गर्दै कार्यक्रम सफलताको कामना गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले तेक्वाण्डो, रिले लगायतका खेलहरुको प्रस्तुती दिएका थिए । अभिभावकहरुल् पनि आफ्ना नानीबाबुहरुसँगै खेलमा भाग लिएका थिए । गत वर्षदेखि यस विद्यालयमा तेक्वाण्डो खेलको शुरुवात भएकोमा एक वर्षमै विद्यार्थीहरुले यसमा राम्रो सफलता पाएको कार्यक्रममा जानकारी दिइएको थियो । शनिबारको कार्यक्रममा विभिन्न विधामा विद्यालयका १४३ जना विद्यार्थीहरु सहभागी थिए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष रत्नकुश रञ्जितकारले कुनै पनि इगो नराखी अनुशासनमा रहेर खेल खेल्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका लागि अतिरिक्त कक्षाको समेत ब्यवस्था गरिएको जानकारी दिनुहुँदै रञ्जितकारले बालबालिकाको सुरक्षा र पढाईको गुणस्तरमा विद्यालय धेरै सजग रहेको बताउनुभयो । उहाँले अन्य विद्यालयको तुलनामा नाइटिङ्गेललाई कसरी फरक बनाउन सकिन्छ भनेर आफूहरु सधैं चिन्तित रहेको बताउँदै साथ र सहयोगका लागि सबैसँग अनुरोध गर्नुभयो ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, स्थानीय समाजसेवी, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रममा उपस्थितहरुलाई विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले मन्तव्यले स्वागत गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न खेल गतिविधी प्रस्तुत गर्नुका साथै कलाहरु पनि देखाएका थिए । कार्यक्रम विद्यालयका अध्यक्ष रत्नकुश रञ्जितकारको अध्यक्षतामा सम्पन्न भएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ५, शनिबार ०९:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP