• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

नेपाल पुलिस स्कुल साँगामा ३१ औं अन्तर माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी शुरू

नेपाल पुलिस स्कुल साँगामा ३१ औं अन्तर माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी शुरू

काभ्रे । नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने ३१ औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ बुधबारबाट शुरू भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्‍घाटन गर्नुभयो । साे अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले विद्यालयले अतिरिक्त क्रियाकलाप तथा खेलकुदका गतिविधिहरूलाई प्राथमिकतामा राखी शैक्षिक गतिविधिहरू संचालन गर्दै आइरहेको चर्चा गर्नुभयो ।

यस्ता प्रतिस्पर्धात्मक प्रतियोगिताहरू केवल खेलकुद कार्यक्रम मात्र नभई समग्ररूपमा विद्यार्थीहरूको अनुशासन, सामूहिक भावना, नेतृत्व क्षमता र खेल भावना प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च भएको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा, क्षमता र आत्मविश्वासलाई उजागर गर्ने बताउनुभयो ।

सोही विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक कुमारबिक्रम थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उद्‍घाटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूले नृत्य प्रस्तुत गर्नुका साथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले मार्च पास गरेका थिए । साथै उक्त अवसरमा नेपाल प्रहरी संगीत विद्यालयद्वारा बैण्ड डिस्प्लेसमेत प्रस्तुत गरिएको थियो ।

प्रतियोगिता अन्तर्गत नेपाल पुलिस स्कुल साँगा (रातो) टिम र पिस प्वाइन्ट स्कुल बानेश्वर बीच आज भएको उद्‍घाटन खेल ०-० को बराबरीमा समाप्त भएको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन र सामाखुसी, सैनिक आवासीय माध्यमिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १४ विद्यालयका १५ टिमको सहभागिता रहेको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू लगायतको उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १७, बुधबार १०:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP