• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

युनिटी कप टी ट्वान्टीः अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग १० विकेटले पराजित

युनिटी कप टी ट्वान्टीः अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग १० विकेटले पराजित

काठमाडौं । युनिटी कप टी ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा गए राति भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो ।

तेस्रो खेलमा पराजित भए पनि नेपालले यस सिरिजको उपाधि भने जितिसकेको छ । यसअघि लगातार दुई खेलमा जितेकाले नेपालले वेस्ट इण्डिजलाई २-१ ले पराजित गरेको हो । नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो ।

पछिल्लाे खेलमा जितका लागि १२३ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १२ दशमलव दुई ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।

वेस्ट इण्डिजको जितमा ओपनर अमिर जाङ्गुले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४५ बलमा अविजित ७४ रन बनाएका हुन् । यस्तै, अकिम अगस्टेले अविजित ४१ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय २२ रनको योगफल बनाएको थियो ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १५, बुधबार ०१:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP