काठमाडौँ । आज नेपाल र सामाओबीच प्रतिश्पर्धा हुने भएकाे छ । ओमानमा जारी आइसिसी टी–२० इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले आज छनोटको उपाधिका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक पुगिसकेको छ। नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि नेपालको उपाधिको सम्भावना बलियो बनेको हो ।
नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ। दोस्रो र तेस्रो स्थानमा रहेका यूएई र ओमानको ६–६ अंक रहेको छ। यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले अब शुक्रबार सामोआलाई हराएमा अपराजित रहँदै छनोटको उपाधि चुम्नेछ । सुपर सिक्सबाट नेपालसँगै ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् ।
प्रतिक्रिया