• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026

२०८२ असाेज २९ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

२०८२ असाेज २९ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । २०८२ साल असाेज २९ गते बुधबार । तदनुसार १५ अक्टोबर २०२५ । नवमी तिथी २१ घडी ४४ पला दशमी तिथी प्रारम्भ हुनेछ । तिष्य नक्षत्र २७ घडी ६ पला उप्रान्त अत्लेषा नक्षत्र प्रारम्भ हुनेछ । सिद्व योग तैतिल करण आज बिहान सूर्योदय ६:०४ मा भयो भने सूर्यास्त साँझ ५:३३ मा हुनेछ। आज बुधबार चन्द्रमा कर्कट राशिमा ।

मेष
सामाजिक काममा दौडधुप हुन सक्छ, मान पाइने छ । राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ ।

बृष
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् ।

मिथुन
आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमतामा ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । आजको चिन्तनले थोरबहुत काम गर्नेछ।

कर्कट
विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्न सक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नुपर्छ ।

सिंह
स्वास्थ्यमा गडबढी भई दैनिक कामकाजमा असर पर्न सक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ। भनेको कुराले विपरीत अर्थ दिन सक्छ ।

कन्या
दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ। प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहने छ। सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ।

तुला
दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ। छटपटी र असन्तुष्टि बढ्ने छ। स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ।

बृश्चिक
अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ। शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् ।

धनु
धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ।

मकर
कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ। छटपटी र असन्तुष्टि बढ्ने छ।

कुम्भ
प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहने छ। सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ।

मीन
आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ। नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २९, बुधबार ०१:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP