• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

क्रिकेटमा ऐतिहासिक सफलता पाइरहेका बेला नेपाली फुटबल टिमकाे भने वरियता नै खस्कियाे

क्रिकेटमा ऐतिहासिक सफलता पाइरहेका बेला नेपाली फुटबल टिमकाे भने वरियता नै खस्कियाे

काठमाडौँ । नेपाली क्रिकेट टिमले ऐतिहासिक सफलता पाइरहेका बेला नेपाली राष्ट्रिय फुटबल टिमकाे भने वरियता नै खस्किएकाे छ।

फुटबल टिम पछिल्लो ९ वर्ष यताकै खराब अवस्थामा पुग्दै फिफा वरियतामा ४ स्थान तल झरेर नेपाल १८०औँ स्थानमा पुगेको हो।

अघिल्लो वरियतामा नेपाल १७६औँ स्थानमा थियो । सन् २०१६ डिसेम्बरपछि नेपाल सबैभन्दा खराब वरियतामा पुगेको हो। त्यो बेला नेपाल १८१औँ स्थानमा पुगेको थियो।

नेपाली टोलीले पछिल्लो समय घरेलु तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा निरीह रहँदै आएको छ। जसकाे असर फिफा वरियतामा परेकाे हाे ।

फिफा वरियतामा स्पेन शीर्ष स्थानमा कायम रहेको छ। त्यस्तै अर्जेन्टिना दोस्रो र फ्रान्स तेस्रो स्थानमा झरेको छ। दक्षिण एसियाली मुलुक भारत पनि दुई स्थान खस्किएर १ सय ३६ औँ स्थानमा आएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ३१, शुक्रबार १५:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP