काठमाडौँ । शहरको दीगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट शहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व शहरीकरण दिवस मनाइँदैछ। सन् २०१४ देखि यो दिवस मनाउन शुरु गरिएको हाे ।
यसै अवसरमा आज संयुक्त राष्ट्रसङ्घको आह्वानमा कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ। यस दिवसमा प्रत्येक वर्ष फरक शहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छन्।
आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दीगो र समान अवसरयुक्त शहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवर्द्धन गर्नु यो दिवस मनाउनुको मुख्य उद्देश्य हो ।
विश्व तीव्र गतिमा शहरमुखी बन्दै गएको सन्दर्भमा शहरी क्षेत्रको दीगो विकास अपरिहार्य भएको छ। राष्ट्रसङ्घका अनुसार हाल विश्वको आधाभन्दा बढी जनसङ्ख्या शहरी क्षेत्रमा केन्द्रित छ।
प्रतिक्रिया