• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज देशका अधिकांश भागकाे माैसम सफा रहने पूर्वानुमान

आज देशका अधिकांश भागकाे माैसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

कार्तिक २४ गते (सोमबार)
दिउँसोः कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। रातिः देशभरकाे मौसम मुख्यतया सफा रहने छ।

कार्तिक २५ गते (मंगलबार)
दिउँसोः कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

रातिः गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २४, सोमबार ००:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP