• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मतदाता नामावलीमा नाम दर्ता गर्ने समय मङ्सिर ५ गतेसम्म थपियाे

मतदाता नामावलीमा नाम दर्ता गर्ने समय मङ्सिर ५ गतेसम्म थपियाे

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुकाे भीड बढेपछि निर्वाचन आयाेगले नाम दर्ताकाे समय थप गरेकाे छ।

गत असोज ९ गतेको निर्णय अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि कात्तिक ३० गतेसम्मका लागि कायम गरिएको थियाे । कात्तिक २७ सम्म कुल २ लाख ५७ हजार ५०५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकहरूको सहजता र सुविधाका लागि आयोगको शुक्रबारको निर्णय अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि मङ्सिर ५ गतेसम्मका लागि थप गरेकाे छ।

थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचय पत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि रजिस्ट्रेसन सिस्टममार्फत आवेदन गर्न सकिने आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २९, शनिबार ०१:२९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP