• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक आज बस्दै

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने भएकाे हाे ।

कांग्रेस बैठक गत असोज २८ गतेदेखि शुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको छ।

आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने नेताहरुले बताएका छन् । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा शुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको पनि निष्कर्ष निस्किएकाे छैन।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १३, बिहीबार ०१:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP