• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सुकुम्बासी बस्ती तत्काल खाली नगराउन सर्वोच्च अदालतको अन्तरिम आदेश

सुकुम्बासी बस्ती तत्काल खाली नगराउन सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार तथा सार्वजनिक स्थानमा रहेका सुकुम्बासी बस्ती तत्काल खाली नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बस्ती हटाउने निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो ।

गोपाल रनपहलीसहित ११ जनाले वैशाख ११ गते सुकुम्बासी बस्ती खाली गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले नदी किनारका बस्ती खाली गर्न सूचना जारी गरेपछि त्यसविरुद्ध अदालतमा रिट परेको हो । ती रिट उपर फैशला गर्दै सर्वोच्चको अन्तरिम आदेश दिएकाे हाे ।

तर याे आदेश आउनु अघि नै देशका धेरैजसाे सुकुम्बासी बस्तीहरू सरकारले खाली गराइसकेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २६, शनिबार ०६:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP