• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सामुदायिक वचत तथा ऋण सहकारीको ३१ औं साधारणसभा सम्पन्न

सामुदायिक वचत तथा ऋण सहकारीको ३१ औं साधारणसभा सम्पन्न

पनौती। काभ्रेको पनौती नगरपालिका वडा नं-४ मा मुख्य कार्यालय रहेको सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको ३१ औं साधारणसभा कात्तिक २८ र २९ गते सम्पन्न भएको छ।

विभिन्न शाखाहरू तथा सेवा केन्द्रमा दुई दिन गरि साधारण सभा सम्पन्न भएको हो। साधारण सभामा संस्थाका अध्यक्ष मुकुन्द शर्माले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै सचिब सरोज कुमार तिमल्सेनाले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कृष्ण थापाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

संस्थाले दिएको जानकारीअनुसार हाल ६० हजार ८६६ सदस्य हुनुहुन्छ। संस्थाको कूल सम्पत्ति ५ अर्ब ९८ करोड ३० लाख ९३ हजार ९३१ रहेको छ।

सदस्यको शेयर रकम ४९ करोड ३८ लाख ८ हजार ६०० रहेको छ भने बचत रकम ४ अर्ब २७ करोड ९८ लाख ७४ हजार ६९३ रहेको साधारण सभामा जानकारी दिइएको थियो।

संस्थाको खुद आय ५९ करोड ६ लाख ८७ हजार ४४९, खुद व्यय ५५ करोड ३ लाख ७५ हजार २९५ रहेको छ।

संस्थामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ७ हजार ६०५, एटिएम कार्ड प्रयोगकर्ताको संख्या १ हजार २६६ र क्यूआर प्रयोगकर्ताको संख्या ४४३ रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २९, शनिबार ०८:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP