काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज प्रतितोला ९०० रूपैंयाँले मूल्य घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८७ हजार १०० कायम भएको छ ।
याे हप्ता आइतबार ४०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार ४०० रूपैंयाँले मूल्य घटेको थियाे । मंगलबार सुनको मूल्य १ हजार ४०० रूपैंयाँले घटेको थियाे ।
गत हप्ता आइतबार सुनको मूल्य ४ हजार ७०० रूपैंयाँले बढेकाे थियाे । साेमबार १ हजार ४०० ले घट्याे भने मंगलबार ४ हजार ५०० ले घटेकाे थियाे ।
यस्तै बुधबार ६०० रूपैंयाँले मूल्य घटेको थियाे भने बिहीबार ६ हजार २०० रूपैंयाँले बढेको थियाे । यस्तै शुक्रबार ७ हजार २०० रूपैंयाँले मूल्य बढेको थियाे ।
आज चाँदीकाे मूल्य पनि घटेको छ । ५५ रुपैयाँले घटेर आज एक तोला चाँदीको मूल्य ४ हजार ५०० रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया