• २०८३ भाद्र १८ | Thu, 03 Sep 2026

अध्ययनका नाममा एक महिनामै विदेशियो १४ अर्ब ३१ करोड

अध्ययनका नाममा एक महिनामै विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं । एक महिनामा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ । यसले देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार चालु आवको पहिलो महिनामा अध्ययनका लागि १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड थियो । शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ।

चालु आवको पहिलो महिनामा सेवा खाता अन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले कमी आएर २१ अर्ब ७० करोड पुगेको छ। यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय १३ अर्ब ३९ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब ६ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.७ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार अर्ब ७७ करोड थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३१, मंगलवार ०३:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP