• २०८३ असार ३१ | Wed, 15 Jul 2026

राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ७० पैसा र बिक्रीदर १४२ रूपैयाँ ३० पैसा निर्धारण गरिएको छ। भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रूपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रूपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ १४ पैसा र बिक्रीदर १०९ रूपैयाँ ६० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रूपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रूपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रूपैयाँ २३ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १७ पैसा र बिक्रीदर नौ रूपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ९६ पैसा र बिक्रीदर २० रूपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ०४ पैसा कायम भएको छ ।

यसैगरि थाइ भाट एकको खरिददर चार रूपैयाँ ३७ पैसा र बिक्रीदर चार रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३४ रूपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७८ पैसा र बिक्रीदर नौ रूपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ र बिक्रीदर १५ रूपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ०५ पैसा र बिक्रीदर २२ रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ २३ पैसा र बिक्रीदर १८ रूपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रूपैयाँ ७४ पैसा र बिक्रीदर ४६३ रूपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ४३ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ६१ पैसा रहेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १, सोमबार ०१:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP