• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडाैँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ गरेकाे छ ।

कास्कीकाे पोखरा महानगरपालिका-२६ कालिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय मिलिग्रामसहित सोही महानगरपालिका-१ बगर बस्ने २८ वर्षीय मनोज श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.२५ प १९२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता दाङ, तुलसीपुर उपमहानगरपालिका-७ राजापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१३ बस्ने ३४ वर्षीय कर्णबहादुर विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र नगद १२ हजार ६ सय रूपैयाँसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्रामसहित सोही नगरपालिका-५ तुलसीपुर बस्ने २१ वर्षीय दिपक थापा क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ बदेलधाप बस्ने २९ वर्षीय सिताराम दोङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेटसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ बिर्ताबजार बस्ने ३३ वर्षीय दिलिपकुमार माझी र उनकै श्रीमती ३० वर्षीया रोमा राणा रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ७६३३ नम्बरको सिटी सफारीलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक दिलिप र रोमालाई पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र स्पास्पेन २ सय ४० ट्याब्लेटसहित सोही उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय सनम लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्रामसहित रामधुनी नगरपालिका-५ बस्ने २१ वर्षीय सन्तोष राईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले चिरौलीबाट इनरूवातर्फ आउँदै गरेको को.३१ प २९५२ नम्बरको मोटसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्रामसहित सप्तरी बोदेबरसाइन नगरपालिका-१० बस्ने १९ वर्षीय दुर्गानन्द यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, बैजनाथ गाउँपालिका-१ चिसापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका-१० बस्ने २१ वर्षीय बिनोद थापामगर र सुर्खेत लेकबेसी नगरपालिका-१ बस्ने २५ वर्षीय बिकाश पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ९, मंगलवार ११:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP