• २०८३ असार ३२ | Thu, 16 Jul 2026

नेपाली १ हजार दरका ११८ थान नक्कली नोटसहित रौतहटबाट तीन जना पक्राउ

नेपाली १ हजार दरका ११८ थान नक्कली नोटसहित रौतहटबाट तीन जना पक्राउ

रौतहट। इशनाथ नगरपालिका-४ लत्मरी टोलबाट नेपाली १ हजार दरका १ सय १८ थान नक्कली नोट सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा देवाही गोनाही नगरपालिका-४ बस्ने २० वर्षीय अजय पटेल, २१ वर्षीय गेनालाल पटेल र भारत बिहार मोतिहारी पूर्वी चम्पारण-२ कुडवा चैनपुर बस्ने २३ वर्षीय जयप्रकाश कुमार रहेका छन् ।

प्रहरी चौकी मठिया महुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०५ एटि ०९८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १७, बुधबार ०८:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP