• २०८३ असार ३१ | Wed, 15 Jul 2026

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनकाे आज उद्घाटन हुँदै

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनकाे आज उद्घाटन हुँदै

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आज उद्घाटन हुने भएकाे छ ।

अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । शुक्रबार बसेको एमाले सचिवालयको ६१ औँ बैठकले महाधिवेशन व्यवस्थापनसम्बन्धी निर्णय गरेको थियाे ।

सचिवालय बैठकले महाधिवेशनबाट पारित गर्ने प्रस्ताव तयार गर्न उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा एक समिति र निर्णय माइन्युट तयार गर्न उपमहासचिव पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा अर्को माइन्युटिङ कमिटी गठन गरेको छ ।

यसपटक एमालेले विगतको भन्दा फरक अभ्यास अपनाउँदै महाधिवेशनको आयोजक समिति केन्द्रीय सचिवालय नै हुने निर्णय गरेको छ ।

सचिवालय बैठकले १०८ जना मनोनीत प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको छ । योसँगै एमालेका २ हजार २ सय ६१ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २७, शनिबार ००:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP