• २०८३ असार ३१ | Wed, 15 Jul 2026

एकै दिन ५ हजार ५०० ले बढ्याे सुनको मूल्य, हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

एकै दिन ५ हजार ५०० ले बढ्याे सुनको मूल्य, हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेकाे छ । साेमबार तोलामा तीन हजार रुपैयाँले बढेको सुन आज ५ हजार ५०० ले बढेकाे हाे ।

आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ६७ हजार दुई सय रुपैयाँ पुगेको छ ।

यता आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी चार हजार २५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो । याे मूल्य हालसम्मकै उच्च हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ८, मंगलवार ०५:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP