• २०८३ भाद्र ४ | Thu, 20 Aug 2026

कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै खाद्य प्रणाली सुदृढ बनाउने उद्देश्यका साथ कार्यशाला

कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै खाद्य प्रणाली सुदृढ बनाउने उद्देश्यका साथ कार्यशाला

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई डिजिटलीकरण तथा प्रविधिमैत्री बनाउँदै खाद्य प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ ‘Strengthening Agrifood System in Nepal’ शुभारम्भ कार्यशाला काठमाडौंमा साेमबार सुरु भएको छ ।

कार्यक्रमको आयोजना FAO नेपालले गरेको हो भने उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यशालामा कृषि मन्त्रालय, FAO नेपाल, काभ्रेपलाञ्चोकका मण्डनदेउपुर नगरपालिका र पाँचखाल नगरपालिका, साथै इलाम जिल्लाका रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरूको संयुक्त सहभागिता रहेको मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले जानकारी दिनुभएकाे छ ।

छिमेकी राष्ट्र चीन सरकारको सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रमले कृषि उत्पादन वृद्धि, उत्पादन लागत न्यूनीकरण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कृषकको आम्दानी बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममार्फत नेपालको कृषि तथा खाद्य प्रणालीलाई अझ प्रभावकारी, दिगो र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ४, सोमबार १३:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP