काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
हाल तराईमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भागमा दिउँसाेसम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु रहनेछ ।
आज दिउँसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ। पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिन्छ । आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया