• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

‘फेरि भेटौंला’ भन्दै आए लोकप्रिय गायक राजु लामा (भिडियाेसहित)

‘फेरि भेटौंला’ भन्दै आए लोकप्रिय गायक राजु लामा (भिडियाेसहित)

काठमाडौँ । चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट एब द भ्वाइस अफ नेपालका कोचसमेत रहेका लोकप्रिय गायक राजु लामाको नयाँ गीत ‘फेरि भेटौंला’ सार्वजनिक भएको छ। सुरेश राईको शब्द तथा संगीत रहेको गीतमा फरिन्द्र राईको एरेन्ज रहेको छ ।

नेपाली गीत संगीतको बजारमा चिरपरिचित तथा पहिचान बोकेका गायक राजु लामाले गाएका अधिकांश गीत हिट नम्बरमा पर्छन् ।

बिहीबार बेलुका सार्वजनिक गीत ‘फेरि भेटौंला’ को म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित जोडी प्रभातपाल ठकुरी र स्मारिका ढकाल अभिनय रहेको छ ।

उत्सव दाहालको सीनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको भिडियोलाई पुनम श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रवर्द्धनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले गीतलाई निर्माण गरेको हो ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ११, शुक्रबार १२:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP