• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

तेर्से सामुदायिक कृषि सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

तेर्से सामुदायिक कृषि सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

तालामाराङ, सिन्धुपाल्चाेक। मेलम्ची नगरपालिका वडा नम्बर -६ स्थित तेर्से सामुदायिक कृषि सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मेलम्ची ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी तामाङले सहकारीबाट लिएको ऋण सदुपयोग गर्नुपर्नेमा जोड दिए । ऋण लिएर तिर्नु पर्दैन भन्ने मानसिकता त्याग्न आग्रह गर्दै जसरी पनि तिर्नुपर्ने तामाङकाे भनाइ थियाे । सहकारीलाई वडासँग सहकार्य गरेर काम गर्न आग्रहसमेत गरे ।

सहकारीका अध्यक्ष बुद्धिबहादुर खड्काले ऋण दिने बचत गर्ने मात्र नभई याे सहकारी कृषि सहकारी रहेकाले नगरपालिकासँग समन्वय गरि कृषिको क्षेत्रमा काम गरिरहेको बताए । उनले सहकारीलाई ब्यक्तिगत नसोची सामुहिक सोच्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा पूर्व अध्यक्षहरु नवराज बस्नेत र सुनिता पराजुलीले सहकारीलाई अगाडि बढाउन सहकारी पदाधिकारीहरुले विश्वासका साथ अगाडि बढ्नु पर्ने र बचतकर्ता तथा ऋणीहरुले इमान्दार भएर अगाडि बढे मात्रै सहकारी संचालन गर्न सहज हुने बताए ।

कार्यक्रममा सहकारीका पूर्वसचिव छविलाल आचार्य, असल ऋणी र असल बचत कार्यकर्ताको रुपमा जमुना थापा, पदमकुमारी थापालाई सम्मान गरिएको छ। मेलम्ची-६ कार्यक्षेत्र रहेको सहकारीमा ७६८ सदस्य रहेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १९, शनिबार १४:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP