• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

मेलम्ची नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड-२०८२ सम्पन्न, उपाधि तेर्से माविलाई

मेलम्ची नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड-२०८२ सम्पन्न, उपाधि तेर्से माविलाई

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ को उपाधि तेर्से माध्यमिक विद्यालय तालामाराङले उचालेको छ। गत पुस २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तेर्से माविले ११ स्वर्ण, ८ रजत र ५ कास्य गरी कुल २४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

गत वर्षको विजेता इन्द्रेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण, ११ रजत र ७ कास्यसहित कुल २८ पदक जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ भने बालसुधार माध्यमिक विद्यालय दुवाचौरले ७ स्वर्ण र ३ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ ।

मेलम्ची नगरपालिकाभित्रका २३ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगिता मेलम्ची कम्युनिटी सेकेन्डरी स्कुलको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन नगर प्रमुख आइतमान तामाङले गर्नुभएको थियो। ।

समापन समारोहलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै उनीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई अनुशासन, प्रतिस्पर्धा र नेतृत्वको भावना विकास गर्न सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो । आगामी दिनमा उनीहरूलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा समेत सहभागिता जनाउन प्रेरणा मिल्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका सभापति तथा मेलम्ची कम्युनिटी सेकेन्डरी स्कुलका प्रधानाध्यापक दिनेश बस्नेतले विद्यालयस्तरमै खेलकुदको आधार तयार गर्न राष्ट्रपति रनिङ शिल्ड महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो । प्रतियोगिताको सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने सहभागी विद्यालय शिक्षक, विद्यार्थी तथा सहयोगीहरुलाई धन्यवाद दिइएको थियो । समापन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र, वडा नम्बर ६ का अध्यक्ष प्रेमबहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २६, शनिबार १४:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP