• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य ह्वात्तै बढेको छ।‌आज प्रतिताेला चार हजार एक सय रुपैँयाँले मूल्य बढेकाे हाे ।

गत हप्ता बिहीबार दुई हजारले घटेकाे सुन शुक्रबार दुई हजार एक सय रुपैँयाँले मूल्य बढेकाे थियाे । यो हप्ता आइतबार दुई हजार एक सय रुपैंयाँले बढेको थियो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ७०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ। २०५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार १९५ कायम भएको महासंघले जनाएकाे छ । याे मूल्य हालसम्मकै उच्च हाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २८, सोमबार ०८:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP