• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

स्थानीय तहको संख्या घटाएर ५०१ वटा बनाउने प्रस्ताव

स्थानीय तहको संख्या घटाएर ५०१ वटा बनाउने प्रस्ताव

नेकपा एमालेका सांसद बासुदेव घिमिरेले स्थानीय तहको संख्या घटाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।

यस भन्दा पहिला पनि आफूले स्थानीय तहको संख्या घटाउनेबारे कुरा उठाएको उनले स्मरण गरे ।

‘महानगरपालिकाको संख्या १० बनाउने, उपमहानगरपालिका १५ बनाउने, नगरपालिकाको संख्या २२५ बनाउने र गाउँ पालिकाको संख्या २५१ बनाएर स्थानीय तहको संख्या कुल ५०१ मात्रै गरियो भने वार्षिक करिब ३० अर्ब खर्च कम हुँदो रहेछ’, सांसद घिमिरेले भने ।

यो काम तत्काल सरकारले सुरु गर्नेपर्ने उनको आग्रह छ । स्थानीय तहको संख्या घटाउन सकिने र २०८४ को चुनाव अगाडि नै घटाउनुपर्ने उनको सुझाव छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १२, बिहीबार ०८:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP