• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

प्रधानमन्त्री आज चीन भ्रमणमा जानु हुँदै

प्रधानमन्त्री आज चीन भ्रमणमा जानु हुँदै

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चीनको तियानजिनमा हुने सांघाई सहयोग सङ्गठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन उहाँ चीन जान लाग्नुभएको हो ।

हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत प्रधानमन्त्री ओली चीन जाँदै हुनुहुन्छ । उहाँको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजदेखि बुधबारसम्म हुने चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभाकाे बैठकलाई जानकारी गराउनुनभएको थियाे ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित छ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम छ । यस्तै १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

फाइल फाेटाे

 



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १४, शनिबार ००:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP