कपिलवस्तु । भारतबाट १० दिनभित्र युरिया मल सहजरूपमा उपलब्ध हुने कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताएका छन् ।
कपिलवस्तुकाे चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल साता/दश दिनमा आइपुग्ने र किसानले सहजरूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे ।
मन्त्री अधिकारीले जिल्लाको खेतीयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए । नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया