• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

आफ्नाे पहिलो गीत ‘गुनासो’ लिएर आइन् नेपाल आइडल विजेता गंगा सोनाम (भिडियाे)

आफ्नाे पहिलो गीत ‘गुनासो’ लिएर आइन् नेपाल आइडल विजेता गंगा सोनाम (भिडियाे)

काठमाडौं । नेपाल आइडल सिजन-६ की विजेता बन्न सफल भएसFगै गंगा सोनामको पहिलो रेकर्ड गीत सार्वजनिक भएको छ।

उनको एकल स्वरमा बिहीबार सार्वजनिक ‘गुनासो’ बोलको गीतमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय छ।

गीतकार प्रदीप चापागाईंको प्रस्तुति रहेको गीतमा उनकै शब्द र लेखु सहयात्रीको संगीत रहेको छ । गीतको म्युजिक भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् ।

उत्सव दाहालको सिनेमाटोग्राफी र विकास धमलाकाे सम्पादन रहेको भिडियोलाई गीतकार प्रदीप चापागाईंको अफिसियल युट्युब च्यानल (OfficialPradeepChapagain) बाट सार्वजनिक गरिएको हो ।

भिडियाेः



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २०, शुक्रबार ११:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP