• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

आज राष्ट्रिय बाल दिवसः राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

आज राष्ट्रिय बाल दिवसः राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौँ। आज राष्ट्रिय बाल दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ। नेपालले बाल अधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष २९ भदौमा राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ ।

यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले सन्देशमा बाल दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताएका छन् ।

सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ । बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।’

‘अझै पनि केही बालबालिका आफ्नो अधिकारबाट वञ्चित भएको कुरा सुन्नमा आउँछ, तसर्थ विभिन्न कारणले बालबालिकामा पर्ने असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी छ’ उनले भने । बालबालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा तथा दुर्व्यवहार रोक्नु सम्बन्धित सरोकारवालाहरूको दायित्व रहेकोमा राष्ट्रपतिकाे जाेड छ ।

फाइल तस्बीर



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २९, आईतवार ०१:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP