• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

गौराती मन्दिर परिसरकाे फोहोर उठ्यो, ‘स्वच्छता नै संस्कार’ भएकाे सन्देश प्रवाह

गौराती मन्दिर परिसरकाे फोहोर उठ्यो, ‘स्वच्छता नै संस्कार’ भएकाे सन्देश प्रवाह

  • सुजन श्रेष्ठ

सिन्धुपाल्चोक। “स्वच्छ गौराती, हरित वातावरण: हाम्रो अभियान” भन्ने नाराका साथ आयोजित गौराती परिसर सरसफाई तथा वातावरण संरक्षण कार्यक्रम बिहीबार गौराती मन्दिर परिसरमा सम्पन्न भएको छ।

कार्यक्रम कञ्चन स्मृति ग्राम विकास पुस्तकालयको आयोजना र ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेष्ट ) को सहकार्यमा सम्पन्न भएको हो। बिहान १२ बजे शुरु भएको कार्यक्रममा भक्तजनहरूको भीडपछि मन्दिर परिसर र वरिपरिका ठाउँहरूमा जम्मा भएको फोहोर व्यवस्थापन गरिएको थियो ।

कार्यक्रमका क्रममा मन्दिर परिसरमा रहेका बोतल, प्लास्टिक, कागज लगायतका फोहोरहरू संकलन गरी व्यवस्थापन गरिएको थिय‍ो । सहभागीहरूले फोहोर व्यवस्थापनमा सक्रिय योगदान दिँदै स्वच्छ र हरित वातावरण निर्माणमा समाजले लिनुपर्ने जिम्मेवारीको सन्देशसमेत प्रवाह गरेका छन् ।

यस अवसरमा रेष्टका विद्यार्थीहरूले निःस्वार्थ भावनाका साथ सरसफाई अभियानमा सहभागिता जनाएका थिए। कञ्चन स्मृति ग्राम विकास पुस्तकालयका अध्यक्ष सुरेश कसजूका अनुसार यस कार्यक्रमले गौराती मन्दिर क्षेत्रको पवित्रता, सौन्दर्य र वातावरणीय सन्तुलन जोगाउन सहयोग पुर्‍याउने र विद्यार्थीहरूलाई वातावरण र समाजप्रति उत्तरदायी बनाउने उद्देश्य रहेको छ ।

स्थानीय बासिन्दा र भक्तजनहरू पनि मेलाको भोलिपल्ट नै गाैराती परिसरमा सरसफाई भएको देख्दा खुशी छन् । केही भक्तजनहरूले विद्यार्थीहरूलाई सरसफाईमा सहयोग गर्नुको साथै पानी र प्रसाद दिँदै सामाजिक कार्यमा प्रोत्साहित गरेका थिए। कार्यक्रममा रेष्टमा आबद्ध विद्यार्थीहरू, सञ्चारकर्मीलगायत स्वयंसेवक गरि जम्मा २० जनाको सहभागिता रहेको थियो। आयोजकहरूले यस्ता अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारीरूपमा सरसफाइ मात्र नभई समाज परिवर्तनको अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २०, बिहीबार १३:१५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP