• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः केही प्रदेशमा हल्का वर्षाकाे सम्भावना

आजकाे माैसमः केही प्रदेशमा हल्का वर्षाकाे सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावका कारण आज दिउँसाेदेखि बदली हुने जनाएको छ ।

मुख्यगरी पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ । विभागले आज दिउँसोदेखि भोलिसम्म पश्चिम नेपालबाट बादल लाग्न सुरू हुने र सुदूरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा हुने अनुमान छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।

त्यसैगरी, राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी भागमा आंशिक बदली रहने पूर्वानुमान छ ।

मौसमी परिवर्तनका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवाका साथै हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ९, शुक्रबार ०२:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP