काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. १२ को आयोजनामा सञ्चालन गरिएको युवा लक्षित २१ दिने बारिस्टा तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
युवाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा २० जना युवायुवतीहरूको सहभागिता रहेको थियो ।
तालिमको समापन आइतबार सम्पन्न भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय युवाहरूलाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर बनाउन यस्ता सीपमूलक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । तालिमकाे इनाेभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट बनेपाले समन्वय गरेकाे हाे ।
बारिस्टा तालिमले कफी तयारी, पेय पदार्थ निर्माण, ग्राहक सेवा तथा कफी व्यवसाय सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरेको आयोजकले जनाएको छ । तालिमपछि सहभागीहरूले होटल, रेस्टुरेन्ट, क्याफे लगायतका क्षेत्रमा रोजगारी प्राप्त गर्न तथा आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया