• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

जितिया पर्वको अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना

जितिया पर्वको अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि भगवान जिमुतवाहनको पूजा आराधना गर्दै मनाइने पर्व हो । यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथीका दिन महिलाहरू कठोर उपवास बसी शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाइ खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा मानवीय जीवन र भविष्यका लागि मार्गदर्शक यस्ता मौलिक पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याइ आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना उनले सन्देशमार्फत गरेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३०, सोमबार ०३:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP