• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

निर्वाचन आयोग चुनावकाे प्रारम्भिक तयारीमा

निर्वाचन आयोग चुनावकाे प्रारम्भिक तयारीमा

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि प्रारम्भिक तयारीका काम सुरु गरेको छ।

यसअघि कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको हो ।

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि आवश्यक पर्ने रकमको प्रबन्ध हुने गरी बजेट परिमार्जित गर्ने घोषणा गरिसकेका छन् । आयोगले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा सुरु भएको जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३१, मंगलवार १४:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP