• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ। आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन सुरु गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रियरूपमा शान्ति दिवस मनाउन थालिएको हो ।

नेपालमा २०६५ सालदेखि दिवस मनाउन थालिएको हो । सरकारी निकायसँगै नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउँदै आएका मानवअधिकारवादी सङ्घ संस्थाले दिवसका अवसरमा कार्यक्रम गर्दै आएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ५, आईतवार ०३:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP