काठमाडौँ । २०८२ साल आश्विन ६ गते सोमबार । तदनुसार २२ सेप्टेम्बर २०२५ प्रतिपदा तिथी ४८ घडी ४३ पला द्वितीया तिथी प्रारम्भ हुनेछ । उत्तरफाल्गुणी नक्षत्र १४ घडी १ पला उप्रान्त हस्ता नक्षत्र प्रारम्भ हुनेछ । शुक्ल योग किम्ष्तुघन करण आज बिहान सूर्योदय ५:५२ मा भयो भने सूर्यास्त साँझ ५:५९ मा हुनेछ। आज सोमबार चन्द्रमा कन्या राशिमा
मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । पारिवारिक विवाद बढेर जानेछ। लेनदेनमा विवादको सामना गर्नुपर्ने देखिन्छ । राज्य पक्षबाट कष्टता पाइने हुँदा सजगता अपनाउनुहोला ।
वृष राशि
मातृ स्वास्थ्यमा उतार चढाव बढेर जानेछ। बोलीमा कठोरता आउनाले मनमा चिन्ता बढेर जानेछ। कुरा काट्नेहरु सक्रिय रहनेछन् । दाम्पत्य जीवनमा कलह बढेर जानेछ ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । साझेदारी कामबाट लाभ लिन सकिने योग छ। लेखन शैलीमा तीव्रता आउनेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ।
कर्कट राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। मानसम्मानमा वृद्धि भएर जानेछ। आयआर्जनमा वृद्धि भएर जानेछ। न्यायिक कार्यमा तपाईंकै जित हुनाले मनमा उत्साह बढेर जानेछ।
सिंह राशि
गुप्ताङ्गसम्बन्धी समस्याले सताउनेछ । टाउको दुख्ने योग रहेको छ। अनावश्यकरूपमा सञ्चित धनको नाश भएर जानेछ। शारीरिक आलस्यता बढेर जानाले मानसिक तनाव बढ्ने देखिन्छ।
कन्या राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । भौतिक साधन खरिद गरिने योग छ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त गर्न सकिनेछ । न्यायिक कार्यमा तपाईं कै जित हुनाले मनमा खुसी छाउनेछ।
तुला राशि
जग्गा जमिनसम्बन्धी काममा वादविवाद आउनाले साझेदारी कुराहरूबाट हानी व्यहोर्नुपर्ने देखिन्छ । पैत्रिक सम्पत्तिमा दाजुभाइमा कलह बढेर जाने देखिन्छ।
वृश्चिक राशि
दाजुभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। पतिपत्नीबीच माधुर्यता छाउने छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्।
धनु राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । अनावश्यकरुपमा साथीभाइसँग कलह बढेर जानेछ। पैत्रिक सम्पत्तिमा वादविवादको सिर्जना हुनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।
मकर राशि
पारिवारिक कलह बढेर जानेछ । आकस्मिकरुपमा खर्चको मात्रा बढेर जाने देखिन्छ। सामाजिक काममा अब सहजको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ।
कुम्भ राशि
सामाजिक तथा शैक्षिक कार्यमा सफलता पाइने योग छ । व्यवसायमा वृद्धि भएर जाने देखिन्छ । आकस्मिकरूपमा लाभ मिल्नुका साथै कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्।
मीन राशि
बोलीको प्रभाव बढेर जानेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। पारिवारिक सरसहयोगले मानसम्मान बढेर जाने देखिन्छ । आयआर्जनमा वृद्धि हुँदा मनमा उत्साह बढेर जाने देखिन्छ ।
प्रतिक्रिया