काठमाडौँ । २०८३ साल बैशाख २६ गते शनिबार, तदनुसार ९ मे २०२६ अष्टमी तिथी । यस्तो छ आजको राशिफलः
मेष
कामको चाप बढ्न सक्छ तर परिणाम सकारात्मक रहनेछ । परिवारबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्धमा स्पष्ट संवाद आवश्यक छ ।
वृष
दिन उत्साहपूर्ण रहनेछ । साथीभाइसँग रमाइलो भेटघाट हुन सक्छ । व्यवसायमा सानो तर महत्त्वपूर्ण लाभ मिल्ने संकेत छ ।
मिथुन
नयाँ चिनजानले फाइदा दिलाउन सक्छ । अध्ययन र लेखन क्षेत्रमा सफलता मिल्नेछ । खर्च बढ्ने भएकाले सावधानी आवश्यक छ ।
कर्कट
रोकिएको पैसा फिर्ता आउने सम्भावना छ । सिर्जनात्मक काममा रुचि बढ्नेछ । अनावश्यक बहसबाट टाढा रहनु राम्रो ।
सिंह
नेतृत्व क्षमता देखाउने अवसर मिल्नेछ । व्यवसायमा लाभको सम्भावना छ । पुरानो विषयलाई लिएर तनाव बढ्न सक्छ ।
कन्या
यात्राको योग देखिन्छ । वैदेशिक वा प्रशासनिक काममा प्रगति हुनेछ । स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्छ ।
तुला
आर्थिक निर्णय गर्दा सोचेर अघि बढ्नु राम्रो । दाम्पत्य जीवनमा समझदारी बढ्नेछ । काममा प्रशंसा मिल्ने संकेत छ ।
वृश्चिक
प्रतिस्पर्धामा सफलता मिल्न सक्छ । रिस नियन्त्रण गरे सम्बन्ध राम्रो रहनेछ । नयाँ योजना सुरु गर्न उपयुक्त दिन रहेकाे छ ।
धनु
धार्मिक वा सामाजिक काममा मन जानेछ । पढाइ र शिक्षण क्षेत्रमा लाभ मिल्नेछ । खर्च बढे पनि आवश्यक काममै हुनेछ ।
मकर
काममा नयाँ अवसर देखिने दिन छ । बोलीमा संयम राखे विवाद टर्छ । आर्थिक पक्ष सामान्यभन्दा राम्रो रहनेछ ।
कुम्भ
मन अलि चञ्चल रहन सक्छ । साथीभाइसँगको सहकार्यले काम सजिलो बनाउनेछ । प्रेम सम्बन्धमा सकारात्मक संकेत छ ।
मीन
परिवारसँगको समय सुखद रहनेछ । रोकिएको काम अघि बढ्ने संकेत छ । स्वास्थ्यमा भने थकान बढ्न सक्छ ।
प्रतिक्रिया