• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

दशैं विशेष : चङ्गा उडाउँदा यी कुरामा ध्यान दिउँ

दशैं विशेष : चङ्गा उडाउँदा यी कुरामा ध्यान दिउँ

बनेपा । दशैं, तिहार चङ्गा उडाउने समयको रुपमा पनि चिनिन्छ । बर्षायाम सकिएपछिको रमाइलो समयमा पर्ने यस्ता चाडले थप रौनकता थप्छन् । दशैंमा शिरशिर बताससँगै बच्चादेखि बुढासम्म चङ्गा उडाएर रमाउने चलन छ । अझ बच्चाबच्चीहरु त कहिले स्कुल विदा होला र मज्जाले चङ्गा उडाएर रमाउँला भन्ने ध्यानमा हुन्छन् ।

चङ्गा उडाउँदा रमाइलो त हुन्छ नै तर केही कुरामा ध्यान दिइएन भने यसले ज्यानसमेत लिन सक्छ । चङ्गा उडाउँदा अलिकति सावधानी नअपनाउँदा ज्यान गएका धेरै उदाहरणहरु छन् । आफैंले चङ्गा उडाउँदा होस् वा बालबच्चाले चङ्गा उडाउँदा निम्न कुरामा ध्यान दिन अत्यन्तै जरुरी हुन्छ ।

१) मानिसहरुको जमघट भएको ठाउँमा चङ्गा नउडाउनुहोस् । यस्तो ठाउँमा चङ्गा उडाउँदा जमघटमा बसेका मानिसलाई छलफलमा असजिलो हुन्छ । साथै आफैंले पनि खुलेर चङ्गा उडाउँन पाइँदैन ।

२) गाडीको भीडभाड हुने ठाउँमा बच्चाहरुले चङ्गा उडाइरहेको पाइन्छ । यसरी बाटोमा चङ्गा उडाउँदा दुर्घटना हुने र ज्यान जानेसम्म खतरा रहन्छ । तीव्र गतिमा आएका गाडीहरु कहिलेकाँही चाहेर पनि भनेको ठाउँमा रोक्न सक्दैनन् । कहिले त अकस्मात ब्रेक लगाउनु पर्दा ड्राइभरको होस उड्ने, ब्रेक फेल हुने गरेको र यसले नचाहँदा नचाहँदै पनि दुर्घटना भएका धेरै उदाहरणहरु छन् ।

३) चङ्गा उडाउँदा कहिल्यै पनि एक्लै नउडाउनुहोस् । एक्लै चङ्गा उडाइरहेको बेला अनियन्त्रित भई कतै लड्ने र ठोकिने हुनसक्छ ।

४) यदि तपाइँ घरको छतबाट चङ्गा उडाउँदै हुनुहुन्छ भने बलियो र उचाइ भएको बार भएको छतबाट मात्र उडाउनुहोस् । कमजोर अथवा बार नै नभएको छतबाट चङ्गा उडाउँदा माथि हेरेर चङ्गा उडाउँदा छतको छेउमा पुगेर लड्ने डर हुन्छ । घरको छतबाट चङ्गा उडाउँदा लडेर मृत्युसमेत भएका समाचारहरु तपाइँ हामीले सुनेका छौं ।

५) विद्युतीय लाइन, रेडियो, टिभिको एन्टिना नभएको ठाउँमा चङ्गा उडाउनुहोस् ।

६) हवाइमैदानको वरपर चङ्गा उडाउँदा निकै सावधानी अपनाउनुहोस् । सकेसम्म हवाइमैदानको केही किलोमिटर वरीपरी चङ्गा नउडाएको राम्रो मानिन्छ । चङ्गा र हवाइजहाज एक आपसमा ठोकिने डर धेरै हुन्छ । यसरी चङ्गा र हवाइजहाज एक आपसमा ठोकिएको खण्डमा दुर्घटना भई धनजनको क्षति हुन्छ ।

७) आवश्यकताभन्दा धेरै हावा चलेको बेला चङ्गा नउडाउनुहोस् । अनियन्त्रित हावा चलेको बेला चङ्गा उडाउँदा विभिन्न घटनाहरु हुने सम्भावना रहन्छ ।

८) समथर मैदान वा ठाउँमा उभिएर मात्र चङ्गा उडाउनुहोस् । खाल्डाखुल्डी भएको ठाउँबाट चङ्गा उडाउँदा लड्ने, हातखुट्टा भाँचिने डर हुन्छ ।

९) चङ्गा उडाउँदा चङ्गा उडिरहेको ठाउँमा चरा उडिरहेका छन् छैनन्, ख्याल गर्नुहोस् । चङ्गामा चरा अल्झिएमा चरा घाइते हुने र मर्ने सम्भावना हुन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ८, बुधबार ०८:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP