पाँचखाल । काभ्रेकाे पाँचखाल नगरपालिकाले पनि आजदेखि स्वास्थ्य बीमाकाे प्रथम विन्दु (रेफरल सेवा )शुरु गरेको छ।
नगरपालिकाकाे आधारभूत अस्पतालबाट साे सेवा शुरु भएकाे हाे । यससँगै जिल्लामा अब आठ वटा संस्थाबाट स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुकाे सेवा प्रवाह हुनेछ। पाँचखालबाट सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान १० देखि १ बजेसम्म सेवा प्रवाह हुने पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषाेत्तम सापकाेटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
यसअघि भदाै १ गते बीमा बोर्डसँग सम्झौता गरी जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर नगर अस्पतालले स्वास्थ्य बीमा बोर्डमा आबद्ध भई सेवा सुरु गरेका थिए ।
सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा मेथिनकोट प्रादेशिक अस्पतालले पहिले नै स्वीकृती पाइसकेका थिए । गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु हुने नियम लागू गरेको थियो ।

प्रतिक्रिया