• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेकाे मेलम्ची अस्पतालमा उपचार हुँदै

सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेकाे मेलम्ची अस्पतालमा उपचार हुँदै

सिन्धुपाल्चोक । काठमाडौंबाट सिन्धुपाल्चोकको हेलम्बु–३ पाल्चोकतर्फ गइरहेको बा ३ ख ९३०८ नम्बरकाे यात्रुबाहक बस दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएअनुसार घाइतेहरुकाे मेलम्ची नगर अस्पतालमा उपचार भइरहेकाे छ।

उपचार पश्चात केही यात्रु घर फर्किएका छन् । साे यात्रुबाहक बस आज मेलम्ची नगरपालिका–१३, फटकशिलामा दुर्घटना भएकाे थियाे ।

यसैबीच घइते यात्रुहरूको अवस्थाप्रति मेलम्चीका नगर प्रमुख आइतमान तामाङले गहिरो चासो व्यक्त गर्नुभएको छ। दुर्घटनापछि घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका प्रमुख तामाङले सबै घाइतेलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयाे ।

घाइतेहरुलाई सान्त्वना प्रदान गर्दै उहाँले उनीहरूको उपचारमा कुनै कमी नहोस् भन्दै मेलम्ची नगर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशनसमेत दिनुभएको छ।

नगर प्रमुख तामाङले यस्ता घटनाबाट भविष्यमा यात्रुहरुकाे ज्यानमाथि खतरा नहोस् भनेर सावधानी अपनाउन सबै यात्रु र चालकहरूलाई आग्रह पनि गर्नुभएको छ।

दुर्घटनामा परेकाहरूमध्ये सबैजना सकुशल रहेको र सामान्य उपचार पश्चात् घर फर्किन शुरु गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

तस्बीरहरुः मानकाजी पाख्रिन तामाङ

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १२, आईतवार ०७:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP